सामान्य बिरामीलाई आकस्मिक सेवामा राखेर बीमा दाबी गरे कारबाही गरिने बोर्डको चेतावनी  « Khabarhub

सामान्य बिरामीलाई आकस्मिक सेवामा राखेर बीमा दाबी गरे कारबाही गरिने बोर्डको चेतावनी 


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार गरी बीमा दाबी पेश नगर्न निर्देशन दिएको छ । 

बोर्डले यसअघि गत जेठ १२ गते गरेको निर्णय कार्यान्वयनका क्रममा यस्तो स्पष्टीकरण दिएको हो । बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साहद्वारा जारी पत्रमा वास्तवमै आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्र यस्तो सेवा उपलब्ध गराउन भनिएको छ । 

आकस्मिक रूपमा आउने बिरामीलाई आवश्यक परेको खण्डमा अस्पताल भर्ना वा शल्यक्रिया समेत गरी उपचारपश्चात् डिस्चार्ज गर्न सकिने पत्रमा उल्लेख छ ।

तर, सामान्य अवस्थाका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत राखेर उपचार गर्ने र स्वास्थ्य बीमाअन्तर्गत दाबी पेश गर्ने गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नहुने बोर्डले स्पष्ट पारेको छ । 

मापदण्ड विपरीत दाबी गरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रियासमेत अघि बढाइने चेतावनी बोर्डले दिएको छ ।

यसैगरी, बोर्डले स्वास्थ्य बीमाका सेवाग्राहीहरूलाई पनि सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगर्न र तोकिएको मापदण्डअनुसार मात्र आवश्यक उपचार सेवा लिन आग्रह गरेको छ । पत्रको बोधार्थ स्वास्थ्य बीमा बोर्डको दाबी व्यवस्थापन शाखालाई समेत पठाइएको छ । 

उक्त शाखाले प्राप्त दाबीहरूको विस्तृत समीक्षा तथा मूल्यांकन गरेर मात्र भुक्तानीको प्रक्रिया अघि बढाउने जनाइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : ०९ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा