सुदूरपश्चिम सरकारले अगाडि बढायो प्रादेशिक अस्पतालको स्तरोन्नति योजना « Khabarhub

सुदूरपश्चिम सरकारले अगाडि बढायो प्रादेशिक अस्पतालको स्तरोन्नति योजना


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, विशेषज्ञ सेवा विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रदेश तथा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने योजना अघि सारेको छ ।

सोमबार प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत कैलालीस्थित सेती प्रादेशिक अस्पताल, कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई १०० शय्या क्षमतामा स्तरोन्नति गरिनेछ ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका अस्पतालमा प्रयोगशाला, आकस्मिक सेवा, शल्यक्रिया तथा सघन उपचार कक्ष (आइसियु), फार्मेसी र रेडियोलोजी सेवाको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिएको छ । 

मुटुरोग उपचारलाई थप प्रभावकारी बनाउन सेती प्रादेशिक अस्पतालमा क्याथल्याब स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

दुर्गम तथा पहाडी जिल्लाका नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दार्चुला, बाजुरा, बझाङ, बैतडी, अछाम र डोटीका जिल्ला अस्पताललाई बिरामीको चापका आधारमा न्यूनतम २५ देखि ५० श्ययासम्म स्तरोन्नति गरिने उल्लेख छ ।

ती अस्पतालमा हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, दन्त र फिजियोथेरापी सेवा विस्तार गरिने जनाइएको छ ।

डोटीमा निर्माण सम्पन्न प्रदेश सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइने तथा प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० श्ययामा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

मिर्गौला रोगीका लागि डायलासिस सेवा विस्तार गर्दै सेतीमा पाँच, महाकालीमा चार, टीकापुरमा तीन, लम्कीचुहामा पाँच तथा बयलपाटा, जोगबुढालगायत अन्य अस्पतालमा न्यूनतम दुई शय्या थप गरिने भएको छ । 

दूरदराजका क्षेत्रमा विशेषज्ञ सेवा पुर्‍याउन टेलिहेल्थ कार्यक्रम सञ्चालन तथा अस्पतालहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गरिने जनाइएको छ ।

कैलाली र कञ्चनपुरका थारु समुदायमा देखिने सिकेलसेल एनिमिया, थालासेमिया र हेमोफिलिया रोगको पहिचान तथा उपचारका लागि ‘घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम’ लाई निरन्तरता दिइने भएको छ ।

मातृ तथा बाल मृत्युदर न्यूनीकरणका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई निरन्तरता दिइने तथा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्याको पहिचानका लागि सबै जिल्लामा विशेषज्ञसहितको एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रम छ ।

 ज्येष्ठ नागरिक, एकल महिला तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई प्रादेशिक अस्पतालबाट निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ ।

यसैगरी, आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई एमबिबिएस र एमडिजिपी अध्ययनका लागि ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’ प्रदान गरिनेछ । 

सरकारी छात्रवृत्तिमा अध्ययन पूरा गरेका चिकित्सकलाई प्रदेशकै स्वास्थ्य सेवामा परिचालन गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गरिने जनाइएको छ ।

‘स्वास्थ्य बिमाको साथ, सेवामा विश्वास’ नाराअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविका बिमा कार्यक्रम तथा सामाजिक सुरक्षा एकाइलाई सुदृढ गरी विपन्न तथा सीमान्तकृत नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याइने प्रदेश सरकारले जनाएको छ । रासस

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ११ : ३४ बजे

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका