रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै « Khabarhub

रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार] भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

भ्रमणका क्रममा लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा त्यहाँको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गरेका छन् । उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसहित दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता कपुरसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

त्यसैगरी, सभापति लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटेका छन् । ती भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार-विमर्श भएको रास्वपाले जनाएको छ ।

दुई छिमेकी राष्ट्रबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यतामाथिको संवादलाई फराकिलो बनाउनु यो भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ । भेटमा सुदृढ सांगठनिक निर्माण, तल्लो तहसम्मको जनसम्पर्क, विकासमुखी सुशासन र समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी रणनीतिक अनुभवहरू आदानप्रदान भएको रास्वपाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।

उच्चस्तरीय भ्रमण टोलीमा सभापति लामिछानेसहित रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन् । भाजपाको निमन्त्रणामा भारत गएको यो टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ६ : ५३ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी