एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात : कतार आठ विकेटले पराजित « Khabarhub

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात : कतार आठ विकेटले पराजित


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो ।

सुरुमा ब्याटिङ गरेको कतारले दिएको ७७ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा ७८ रन बनाउँदै शानदार जित निकालेको हो ।

नेपालको जितमा विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन भने पूजा महतोले नटआउट २८ रन जोडिन् ।

मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा भएको खेलनमा टस जितेर पहिला बलिङ गरेको नेपालले कतारलाई १६ ओभर ५ बलमा ७६ रन बनाउँदा अलआउट गरेको थियो।

कतारका लागि गेन्टेडु चन्डिरुले सर्वाधिक २५ रन बनाउँदा कप्तान आयशाले १० रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

कतारविरुद्ध फिल्डमा नेपाली टिम । तस्बिरः क्यान

कतारलाई सस्तैमा रोक्न नेपालका लागि रुविना क्षेत्रीले तीन विकेट हात पर्दा पूजा महतो, रिया शर्मा र कविता कुँवरले एकएक विकेट लिए ।

प्रतियोगितामा नेपालले बाँकी दुई खेल भुटान र हङकङसँग खेल्दैछ । भुटानसँगको खेल बिहीबार दिउँसो हुँदैछ भने हङकङसँगको खेल शनिबार बिहान हुँदैछ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ९ : ४१ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज