बजारमा कटुसको माग बढ्दो, प्रतिकिलो ३ सय रुपैयाँसम्म « Khabarhub

बजारमा कटुसको माग बढ्दो, प्रतिकिलो ३ सय रुपैयाँसम्म


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर-भोजपुरका स्थानीयवासीले कटुसको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । जङ्गल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेच्नेको हाटबजारमा बाक्लो उपस्थिति देखिन्छ ।

स्थानीयवासीले पनि यसलाई अर्गानिक फलको रुपमा किनेर खाने गरेका छन् । यो मौसममा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ । लेकाली भेगमा पाइने रातोपात्ले तथा सेतो पात्लेमा फलेको कटुस बिक्रीका लागि स्थानीयवासी हाटबजारसम्म धाउने गरेका छन् ।

खानको लागि निकै स्वादिष्ट मानिने कटुस मानिसको रोजाइँमा पर्ने गरेको छ । कटुसको बिक्रीबाट यो मौसममा निकै राम्रो आम्दानी हुने गरेको बिक्रेताको भनाइ छ । कटुस बिक्रेता दानमाया तामाङले भने, ‘‘कटुस बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छौं, एक बोरा बिक्री गर्दा रु पाँच हजारसम्म हुन्छ ।’’ एक मौसममा टिपेको कटुस बिक्रीबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउन थालेको तामाङले बताए ।

भोजपुरमा फलेको कटुस विभिन्न जिल्लासँगै कोसेलीको रुपमा विदेशसम्म जाने गरेको व्यापारीको भनाइ छ । जङ्गलमा टिप्न जाँदा एक जनाले एक दिनमा पाँचदेखि दश केजीसम्म टिप्ने गरेको उनीहरुले बताउने गरेका छन् । शुरुको समयमा प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँमा बिक्री गरेको भए पनि अहिले उत्पादन बढ्न थालेपछि मूल्य केही घटेको बिक्रेता बताउँछन् ।

कटुस बिक्रेता विर्खराज तामाङले भने, ‘‘निकै स्वादिष्ट हुने भएकाले यसको माग बजारमा बढी छ, यो तराईका जिल्लासँगै विदेशसम्म कोसेलीको रुपमा जाने गरेको छ ।’’

विषेश गरेर असोजको अन्तिमबाट खान मिल्ने कटुस माथिल्लो भेगमा बस्ने स्थानीयवासीको निकै राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । कटुस भुटेर तथा काच्चै पनि खान मिल्ने एक प्रकारको फल हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ०२ बजे

कांग्रेस महामन्त्री पौडेललाई नीर शाहको ‘अल द बेष्ट’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३०

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार