कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम « Khabarhub

कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम

इरान भन्छ : आत्मरक्षा गर्न तयार छौँ


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकाले इरानको केशम द्वीपलाई निशाना बनाइरहेको छ। करिब १,४४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो टापुमा अमेरिकाले पछिल्लो पटक आक्रमण गरेको छ ।

जुन खाडी क्षेत्रको सबैभन्दा ठूलो टापु हो। यो टापु एक समय फ्री-ट्रेड जोन र पर्यटकीय स्थलका रूपमा चिनिन्थ्यो, तर अहिले यो ठूलो सैन्य अखडामा परिणत भइसकेको छ।

होर्मुज स्ट्रेटको प्रवेशद्वारमा रहेको यो टापु रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण छ। अमेरिकाले यसलाई विभिन्न कारणले ठूलो सैन्य खतरा मान्छ।

भूमिगत सैन्य नेटवर्क : समाचारहरूअनुसार केशम द्वीपको तल सुरुङ र नुनका गुफाहरूको ठूलो सञ्जाल छ। यहाँ इरानले तटीय मिसाइल प्रणाली र छिटो आक्रमण गर्न सक्ने नौकाहरू लुकाएर राखेको छ।

समुद्री मार्गमा नियन्त्रणमा महत्वपूर्ण : टापुभित्र इरानले यस्ता सैन्य अखडाहरू बनाएको छ, जसको उद्देश्य समुद्री मार्गमा नियन्त्रण राख्नु हो। यहाँबाट होर्मुज स्ट्रेटमा जहाजहरूको आवतजावत रोक्न वा सीमित गर्न सकिने विश्वास छ ।

तेल आपूर्तिमा प्रभाव : होर्मुज स्ट्रेट संसारको सबैभन्दा महत्वपूर्ण तेल र ग्यास समुद्री मार्गमध्ये एक हो। अमेरिकाका अनुसार, इरानले केशम द्वीपको प्रयोग तेल ट्याङ्करहरूको आवतजावत रोक्न वा दबाब दिन गरेको छ।

अमेरिका-इरान तनावको मुख्य केन्द्र : पछिल्ला महिनाहरूमा यो टापु अमेरिका र इरानबीचको सैन्य तनावको प्रमुख केन्द्र बनेको छ।

पहिले पनि इरानले क्षेत्रीय अमेरिकी अखडाहरूमाथि कारबाही गरेपछि अमेरिकाले केशम द्वीपमा आईआरजीसी का अखडा र सञ्चार प्रणालीमा हमला गरेको थियो।

इरान भन्छ : आत्मरक्षाको लागि जवाफी हमला

भारतमा रहेको इरानी दूतावासले एउटा भिडियो शेयर गर्दै अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय र एयर तथा हेलिकोप्टर बेसमा भएको हमला कानुनी आत्मरक्षामा गरिएको जवाफ थियो।

तर यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक्समा पोस्ट गर्दै इरानको अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालयमा भएको हमलाको दाबीलाई खारेज गरेको थियो।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १ : ५३ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका