रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ « Khabarhub

रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार बिहान नयाँदिल्लीमा भेटवार्ता भएको छ।

भ्रमणको तेस्रो दिन मोदीले रविका लागि समय छुट्याएका हुन् । रविसँगको भेटपछि मोदीले नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रविको इच्छामा आफ्नो समर्थन रहेको पनि बताएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत गर्दछु र पूर्ण रूपमा सहमत पनि छु’, उनले लेखेका छन्, ‘हाम्रो ‘छिमेकी पहिलो नीति’अन्तर्गत नेपाल एक प्राथमिक साझेदार देश हो ।’

उनले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको पनि बताए । ‘हामी हाम्रा दुई देशहरूबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  २ : २६ बजे

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित