अनधिकृत रुपमा यार्सागुम्बा संकलनको अभियोगमा चार जना पक्राउ « Khabarhub

अनधिकृत रुपमा यार्सागुम्बा संकलनको अभियोगमा चार जना पक्राउ


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– अनधिकृत रुपमा यार्सागुम्बा संकलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।  म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।  

प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।  

उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए । 
    
म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा मंगलबार २०–२५ जनाले यार्सागुम्बा संकलन गरिरहेका सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब निरीक्षक ठाकुरले जानकारी दिए ।  

डिभिजन वन कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले  राजस्व तिरेपछि मात्र यार्सा संकलन गर्न पाइने बताए। अनधिकृत रूपमा यार्सागुम्बा संकलन गरेमा प्रतिकिलो ३१ हजारका दरले जरिवाना हुने व्यवस्था छ भने प्रतिवटा रु ३१ पनि लाग्नेछ । 
    
डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाले निर्यात हुनेबाट वार्षिक करिब रु तीन लाख तथा काठजन्य वन पैदावारबाट चारदेखि पाँच करोडसम्म राजस्व संकलन हुँदै आएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ४ : ३० बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका