अस्पतालको जग्गा जोगाउन मन्त्रालयको ताकेता, तीन दिनभित्र विवरण पेश गर्न निर्देशन  « Khabarhub

अस्पतालको जग्गा जोगाउन मन्त्रालयको ताकेता, तीन दिनभित्र विवरण पेश गर्न निर्देशन 


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल, काउन्सिल तथा अनुसन्धान केन्द्रहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा तथा भौतिक पूर्वाधारको संरक्षण गर्न निर्देशन दिएको छ।

मन्त्रालयले बुधबार जारी गरेको पत्रमार्फत यसअघि दिइएको निर्देशन कार्यान्वयन नगर्ने ४० भन्दा बढी स्वास्थ्य निकायलाई तीन दिनभित्र प्रगति विवरण बुझाउन अन्तिम समयसीमा तोकेको हो । ताकेता पत्र पाउने संस्थाहरूमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतका निकाय तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत रहेका छन् ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार गत वैशाख ३० गते अस्पतालहरूको जग्गा र पूर्वाधार संरक्षणका लागि आवश्यक कार्य तत्काल सम्पन्न गरी जानकारी गराउन निर्देशन दिइएको थियो । तर हालसम्म अधिकांश निकायबाट कुनै प्रगति विवरण प्राप्त नभएपछि पुनः ताकेता गरिएको हो ।

मन्त्रालयले अस्पतालहरूको स्वामित्वमा रहेको जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार रहेको वा नरहेको यकिन गर्न, अतिक्रमण तथा अनधिकृत संरचनाको पहिचान गरी विस्तृत विवरण तयार गर्न निर्देशन दिएको छ । 

त्यस्तै, अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई लिखित सूचना जारी गरी निश्चित समयसीमा तोक्न तथा अटेर गरेमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरेर अतिक्रमण हटाउन भनिएको छ । 

मन्त्रालयले अस्पतालको भोगाधिकार पुनः स्थापित गर्न आवश्यक प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ । खाली वा अतिक्रमणमुक्त जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल निर्माणलगायत सुरक्षात्मक उपाय अपनाउन तथा जग्गासम्बन्धी लालपुर्जा, स्रेस्ता र अन्य अभिलेख अद्यावधिक गरी सुरक्षित राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

शाखा अधिकृत कोशल पाण्डेद्वारा हस्ताक्षरित पत्रमा निर्देशनलाई गम्भीरतापूर्वक कार्यान्वयन गरी तोकिएको तीन दिनभित्र मन्त्रालयको इमेल वा सम्बन्धित शाखामा विवरण पेश गर्न भनिएको छ । 

मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षण र स्वास्थ्य संस्थाको दीर्घकालीन हितका लागि जग्गा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ७ : ०९ बजे

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी