सुन्तला उत्पादनबाट पर्वतमा छ करोड भित्रियो « Khabarhub

सुन्तला उत्पादनबाट पर्वतमा छ करोड भित्रियो


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- यो वर्ष पर्वतमा करीब रु छ करोड मूल्य बराबरको सुन्तला बिक्री भएका छन् ।

सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका– १० कुर्घा र पाङ्राङ, मोदी गाउँपालिका– २ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ ।

बाँसखर्कबाट रु साढे दुई करोड, देउपुरबाट रु एक करोड, फलेवासबाट रु एक करोड र महाशीला गाउँपालिकाबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

गत वर्षको तुलनामा सुन्तलाको क्षेत्रफल विस्तार र मूल्य बढेका कारण यस वर्ष कृषकले राम्रो मूल्य पाएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । जलजला गाउँपालिका–१ बाँसखर्कका २६१ घरमध्ये २०० बढी घरपरिवारले व्यावसायिक रूपमै सुन्तला खेती गरेका छन् ।

पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायीकरण, सुन्तलामा लाग्ने रोग किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन वर्षेनी बढ्दै गएको कृषक भक्तबहादुर पाइजाले बताउनुभयो ।

अहिले बोटमै रु १०० देखि १२० प्रतिकिलोको दरमा सुन्तला बिक्री भएको पाइजाले बताउनुभयो । देउपुरका करीब ७० परिवारका किसानले व्यावसायिक सुन्तला उत्पादन गर्छन् । अघिल्ला वर्षमा मङ्सिरमै सुन्तला बिक्री गर्ने देउपुरका किसानले यो वर्ष माघको पहिलो सातामा मात्रै सुन्तला टिपे । “यो सिजनमा देउपुरवासीले रु ७० देखि ९० प्रतिकिलोमा बिक्री गरेको अगुवा कृषक दाताराम चापागाईले जानकारी दिनुभयो ।

त्यस्तै फलेबास नगरपालिकाको पाङराङ, कुर्घा लगायतबाट समेत करीब रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको किसानले बताएका छन् । पाङराङका किसान ताराबहादुर मल्लका अनुसार कर्नास र पाङराङका करीब १०० परिवारले व्यावसायिक रूपमा सुन्तलाको खेती गर्दै आएका छन् । त्यस्तै महाशिला गाउँपालिका २, ३ र ४ का भोक्सिङ, पाखापानी र बालाकोटमा पनि यो वर्ष करीब रु एक करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

भोक्सिङका जितबहादुर गुरुङका अनुसार सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानले सुन्तला उत्पादक कृषि सहकारीसमेत स्थापना गरेका छन् । बाँसखर्कका किसानले बजारमारे सुन्तला उत्पादन सहकारी र देउपुरका किसानले माछापुछ्रे« सुन्तला उत्पादक कृषि सहकारी स्थापना गरेका छन् ।

उनीहरुले प्रतिकिलो रु दुईदेखि १० सम्म सहकारीका लागि छुट्याइने गरेको कृषकले बताए । त्यसवापत भएको आम्दानीबाट सुन्तलाखेती विस्तार, आवश्यक मेशिन र उपकरण खरीद तथा रोगकिराविरुद्धको उपचारमा खर्च गर्दै आएका छन् । सुन्तलाको खेती विस्तार गर्न चालु वर्षदेखि बाँसखर्क सुन्तला जोन क्षेत्रमा परको छ ।

बाँसखर्कसहित म्याग्दी र बागलुङका केही स्थानीय तह समेटिएको जोन एकाइ कार्यालयसमेत स्थापना भएको छ । कार्यालयका प्रमुख बमबहादुर थापाका अनुसार बाँसखर्कमा सुन्तलाको खेती विस्तार गर्ने कार्यक्रम यसै वर्षदेखि शुरु भएको छ । फलेवासको पाङराङ र कुर्घा, मोदी गाउँपालिका–२ देउपुर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट क्षेत्रमा समेटिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ४ : ४१ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम