सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो « Khabarhub

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

प्रहरी स्रोतका अनुसार सचिव पुष्करलाई कपनस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको थियो ।

उनलाई ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको तथा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको आरोपमा पक्राउ गरि केरकार गरिएकाे हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा उनलाई नियन्त्रणमा लिएकाे बताइएकाे छ ।

सोधपुछका क्रममा पुष्करमाथि आपराधिक मुद्दा चलाउनुपर्ने पर्याप्त आधार फेला नपरेपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

पुष्कर नेपाल सरकारका वरिष्ठ सचिवमध्ये एक हुन् । ९ मंसिर २०८२ मा तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले अवकाश पाएपछि उनी पनि मुख्यसचिव पदका प्रमुख दाबेदारमध्ये रहेका थिए । तर सरकारले उक्त पदमा सुमनराज अर्याललाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ११ : ०६ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने