परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै « Khabarhub

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारण भ्रमण तालिकामा सामान्य फेरबदल भएको मन्त्रालयले जनाएको छ ।

नयाँ कार्यतालिकाअनुसार उनी शुक्रबार दिल्लीतर्फ प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी एस. जयशंकरलगायत त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

हाल भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोलीले उच्च महत्त्व पाएको छ । रविलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भेटेका छन् ।

यस्तोमा रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार खनालले प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे समकक्षीसँग संवाद गर्नेछन् ।

परराष्ट्रमन्त्री खनालले यो भ्रमणका क्रममा द्विपक्षीय हितका साथै नेपाल-भारत सीमा विवादसहितका मुद्दामा छलफल गर्न सक्ने बताइएको छ। उक्त छलफलपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा तय गरिने छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ६ : २० बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने