राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’ « Khabarhub

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

'चेन अफ कमान्ड' तोडेको आरोपले प्रशासकीय वृत्तमा नयाँ तरङ्ग


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि प्रधानमन्त्री वालेन्द्र शाहको निजी नम्बरमा सिधै म्यासेज पठाएर ‘चेन अफ कमान्ड’ तोडेको आरोप लागेको छ। आगामी असार २१ गते अनिवार्य अवकाश पाउन लागेका सचिव पुष्करले बिहीबार बिहान प्रधानमन्त्री शाहलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिदिन आग्रह गर्दै एसएमएस पठाएका थिए।

प्रधानमन्त्रीलाई पठाएको म्यासेजमा उनले लेखेका छन्, “राजदूतको निम्ति भ्याकेन्सी खुलेको छ, मैले पनि आवेदन दिन लागेको, सहयोग पाउने अपेक्षा छ हजुर !”

मुख्य सचिवका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्यालसँगै प्रतिस्पर्धामा रहेका पुष्करले प्रशासकीय मर्यादा विपरीत सिधै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि उनी तत्कालै छानबिनको दायरामा परेका हुन्। बिहीबार बिहान सो म्यासेज बाहिरिए लगतै उनलाई उपराष्ट्रपति कार्यालयबाटै प्रहरी झिकाएर केरकार गरिएको थियो। प्रहरीले उनीसँग बयान लिएर करिब सात घण्टापछि मात्रै मुक्त गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह र सचिव पुष्कर एकै जिल्ला महोत्तरीका हुन्। उनीहरूबीच लामो समयदेखि राम्रो र निकट सम्बन्ध रहँदै आएको थियो। शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि उनीहरूबीच बाक्लो कूटनीतिक र व्यावहारिक संवाद हुने गरेको र एकअर्काको घरमा आउजाउसमेत रहेको पारिवारिक स्रोत बताउँछन्।

पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन् । उनी अवकाश हुनुभन्दा केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अवकाश हुँदैछन् । यसअघि राजनीतिक शक्तिको प्रयोग गर्ने बानी परेका सचिवले प्रधानमन्त्री बालेनलाई सिधै म्यासेज गर्दा केही समय हिरासतमा पुग्नु परेको हो ।

मुख्य सचिव छनोटको संवेदनशील घडीमा र राजदूत नियुक्तिको दौडधुप चलिरहेका बेला स्थापित प्रशासनिक प्रणालीलाई मिचेर गरिएको यो संवादले कूटनीतिक र शासकीय वृत्तमा नयाँ विवाद उत्पन्न गराएको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ८ : ५३ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने