ट्रम्पले भने- भारत–अमेरिका व्यापार सम्झौता छिट्टै टुंगिनेछ « Khabarhub

ट्रम्पले भने- भारत–अमेरिका व्यापार सम्झौता छिट्टै टुंगिनेछ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार सम्झौता (ट्रेड डिल) सम्बन्धी वार्ता छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना असल मित्र रहेको बताउँदै दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक रहेको उल्लेख गरे।

‘हामी व्यापार सम्झौतामा पुग्नेछौँ भन्ने मेरो विश्वास छ। मलाई प्रधानमन्त्री मोदी निकै मन पर्छ। उनी मेरा असल मित्र हुनुहुन्छ र हामीबीच राम्रो सम्बन्ध छ,’ ट्रम्पले भने।

यद्यपि, ट्रम्पले भारतले विगतमा अमेरिकामाथि उच्च भन्सार शुल्क (ट्यारिफ) लगाएको आरोप पुनः दोहोर्‍याए। उनले वर्षौंसम्म भारतले अमेरिकाको फाइदा उठाएको दाबी गर्दै भारतले अमेरिकी वस्तुहरूमा उच्च कर लगाए पनि अमेरिकाले त्यसको प्रतिफल नपाएको बताए।

‘वर्षौंसम्म भारतले अमेरिकाको फाइदा उठायो। उनीहरूले हामीमाथि अत्यधिक ट्यारिफ लगाए तर बदला स्वरूप हामीले केही पाएनौँ। अहिले अवस्था परिवर्तन भएको छ र हामी भारतसँगको व्यापारबाट उल्लेख्य आम्दानी गरिरहेका छौँ,’ ट्रम्पले भने।

भारत र अमेरिकाबीच व्यापार सम्झौताबारे लामो समयदेखि वार्ता जारी रहे पनि हालसम्म कुनै औपचारिक घोषणा भएको छैन। दुवै देशबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भइरहेको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ९ : ५१ बजे

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका