आज गुरु नानक जन्म जयन्ती, नेपालमा पनि मनाइँदै « Khabarhub

आज गुरु नानक जन्म जयन्ती, नेपालमा पनि मनाइँदै


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्म जयन्ती श्रद्धापुर्वक मनाइँदै छ ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन विश्वभरका शिख धर्मावलम्बीहरुले आफ्नो गुरु, गुरु नानकको जन्म जयन्ती मनाउने गर्दछन् ।

नेपालमा विभिन्न स्थानमा रहेका गुरुद्वारमा आज शिख धर्मालम्बीहरु भेला भई गुरु नानकको जन्म जयन्ती मनाउँदै छन् ।

गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए ।

धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।

आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ । यस दिन पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिबको अध्ययन गरेर गुरुपर्वको विधी विधान अनुरुप समापन गरिन्छ ।

गुरु नानकको ५५० औं जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले असोजमा तीन प्रकारका सिक्का सार्वजनिक गरेको छ । नेपालमा करिब डेढ सय वर्ष अघि शिख समुदाय प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १ : ०१ बजे

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज