रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै (तालिकासहित) « Khabarhub

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै (तालिकासहित)


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि जिल्ला अधिवेशनहरू हुने भएको हो ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार आज ३७ र भोलि २९ जिल्लाहरूको अधिवेशन सम्पन्न हुनेछन् ।

आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ ।

जेष्ठ २३ गते अधिवेशन हुने जिल्लाहरु
कोशी प्रदेश :
झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी ।

मधेश प्रदेश : महोत्तरी र रौतहट

बागमती प्रदेश : दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली ।

गण्डकी प्रदेश : स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी ।

लुम्बिनी प्रदेश : गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा ।

कर्णाली प्रदेश : कालिकोट र सल्यान तथा सुदुरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुला जिल्ला रहेका छन् ।

जेष्ठ २४ गते अधिवेशन हुने जिल्लाहरु
कोशी प्रदेश :
उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम ।

मधेश प्रदेश : सिराहा, धनुषा, पर्सा र सर्लाही ।

बागमती प्रदेश : चितवन र ललितपुर ।

गण्डकी प्रदेश : तनहुँ, नवलपुर, गोरखा र लमजुङ ।

लुम्बिनी प्रदेश : अर्घाखाँची, रुपन्देही र प्युठान ।

कर्णाली प्रदेश : सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला ।

सुदुरपश्चिम प्रदेश : अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा

संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने जेष्ठ २६ गते हुने बुर्लाकोटीले जानकारी दिए ।

यस तालिका अनुसार पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात क्रमशः गर्नेछ ।

जेठ २६ गते देखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको छ। जेठ २६ गते पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुँदैछ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  १० : १९ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित