सांसदको पीडा : ट्याक्सी चढ्ने पैसा पनि हुन्न « Khabarhub

सांसदको पीडा : ट्याक्सी चढ्ने पैसा पनि हुन्न


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले आफूहरुको अवस्था दयनीय रहेको गुनासो पोखेका छन् ।

नेपाल र अमेरिकाको संसदीय अभ्यासबारे आयोजित अन्तरक्रियामा नेपालका सांसदहरुले आफूहरुले आर्थिक संकट व्यहोर्नु परेको बताउँदै ट्याक्सी चढ्ने पैसा पनि नहुने गरेको बताए ।

सांसद माया ज्ञवालीले नेपालका सांसदसँग ट्याक्सी चढ्ने पैसा पनि नहुने बताएकी हुन् । सांसदलाई साधन स्रोत केही नभएको उनको गुनासो थियो । उनले आफूले रोजेको संसदीय समिति पनि नपाएको गुनासो गरिन् ।

सांसद लक्ष्मी परियारले नेपालमा प्रत्यक्ष निर्वा्चित सांसदलाई बढी प्राथमिकता दिने गरिएको तर समानुपातिक सांसदलाई विभेद गरिएको बताइन् ।

सांसद मानबहादुर विश्वकर्माले प्रधानमन्त्री र मन्त्रीहरुले बोलेको कुरा पूरा नगर्ने र विपक्षीको सरोकारलाई सुनुवाई पनि नगरेको गुनासो राखे ।

नेपालका सांसदहरुले राखेको जिज्ञासाको जवाफ अमेरिकी पूर्वसांसद बब गुडलाडे र अमेरिकी संसदको सल्लाहकारमा ३६ वर्ष काम गरेका ब्राड स्मिथले जवाफ दिएका थिए ।

उनीहरुले अमेरिकाको संदमा ७ सय जना भन्दा बढीको अनुसन्धान टोली रहेको र एक जना सांसदको टिममा १८ जनासम्म अनुसन्धानकर्ता रहने बताएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : ५३ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४