सांसदको पीडा : ट्याक्सी चढ्ने पैसा पनि हुन्न « Khabarhub

सांसदको पीडा : ट्याक्सी चढ्ने पैसा पनि हुन्न


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले आफूहरुको अवस्था दयनीय रहेको गुनासो पोखेका छन् ।

नेपाल र अमेरिकाको संसदीय अभ्यासबारे आयोजित अन्तरक्रियामा नेपालका सांसदहरुले आफूहरुले आर्थिक संकट व्यहोर्नु परेको बताउँदै ट्याक्सी चढ्ने पैसा पनि नहुने गरेको बताए ।

सांसद माया ज्ञवालीले नेपालका सांसदसँग ट्याक्सी चढ्ने पैसा पनि नहुने बताएकी हुन् । सांसदलाई साधन स्रोत केही नभएको उनको गुनासो थियो । उनले आफूले रोजेको संसदीय समिति पनि नपाएको गुनासो गरिन् ।

सांसद लक्ष्मी परियारले नेपालमा प्रत्यक्ष निर्वा्चित सांसदलाई बढी प्राथमिकता दिने गरिएको तर समानुपातिक सांसदलाई विभेद गरिएको बताइन् ।

सांसद मानबहादुर विश्वकर्माले प्रधानमन्त्री र मन्त्रीहरुले बोलेको कुरा पूरा नगर्ने र विपक्षीको सरोकारलाई सुनुवाई पनि नगरेको गुनासो राखे ।

नेपालका सांसदहरुले राखेको जिज्ञासाको जवाफ अमेरिकी पूर्वसांसद बब गुडलाडे र अमेरिकी संसदको सल्लाहकारमा ३६ वर्ष काम गरेका ब्राड स्मिथले जवाफ दिएका थिए ।

उनीहरुले अमेरिकाको संदमा ७ सय जना भन्दा बढीको अनुसन्धान टोली रहेको र एक जना सांसदको टिममा १८ जनासम्म अनुसन्धानकर्ता रहने बताएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै