सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान « Khabarhub

सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय गौरवको सुनकोशी-मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाअन्तर्गत बाँध निर्माणका लागि सरकारले पुनः अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ।

आयोजना कार्यालयले आइतबार बाँध, विद्युत् गृहसहितका सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरणको आपूर्ति र जडानका लागि ठेक्का आह्वान गरेको हो। नयाँ ठेक्का प्राप्त गर्ने कम्पनीले रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित निर्माणाधीन संरचनाको बाँकी कामलाई अघि बढाउनेछ।

यसअघि आयोजनाले २०७९ पुस १७ गते भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सन (जेभी) सँग १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सन् २०२७ (२०८४ साल) भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि निर्माण कम्पनीले झन्डै तीन वर्षको अवधिमा १० प्रतिशतसमेत भौतिक प्रगति हासिल गर्न नसकेपछि आयोजना कार्यालयले ठेक्का रद्द गरेको थियो।

ठेक्का रद्द गर्ने आयोजनाको निर्णयविरुद्ध निर्माण कम्पनी सर्वोच्च अदालत पुगेको थियो। अदालतले गत माघ २७ गते आयोजनाकै पक्षमा फैसला गरेपछि नयाँ ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। सम्झौताअनुसार काम गर्न असफल भएको उक्त निर्माण कम्पनीलाई सरकारले हाल कालोसूचीमा समेत राखिसकेको छ।

सुनकोशी–मरिण डाइभर्सन आयोजना तराई-मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा विस्तार गर्ने तथा ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १० : ४४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड