शिल्पा पोखरेलको रिट खारेज, प्रहरीलाई पक्राउ गर्न बाटो खुल्यो « Khabarhub

शिल्पा पोखरेलको रिट खारेज, प्रहरीलाई पक्राउ गर्न बाटो खुल्यो


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलले दायर गरेको निषेधाज्ञाको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा मनोज शर्माको मंगलबारको इजलाशले पोखरेलले दायर गरेको निषेधाज्ञाको रिट खारेज गरिदिएको हो ।

जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जीविरुद्ध उच्च पछि सर्वोच्च पुगेकी शिल्पाको रिट खारेज भएको हो । सर्वोच्चले रिट खारेज गरेसँगै प्रहरीका लागि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको छ ।

निर्माता छबि ओझासँग विवाह गरेकी शिल्पाविरुद्ध छबिकी पूर्व पत्नी हेमा ओझाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

हेमाको उजुरीपछि महानगरीय प्रहरी बृत्त गौशालाले काठमाडौं जिल्ला अदालतबाट शिल्पालाई पक्राउ गर्न अनुमति लिएको थियो ।
तर, शिल्पाले काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीविरुद्ध उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनले काठमाडौं जिल्लाको आदेशलाई सदर गरेपछि शिल्पा वारेशमार्फत सर्वोच्च पुगेकी थिइन् ।

सिल्पाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ४ : ४३ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार