०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन « Khabarhub

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म प्रदर्शनमा आइसके । अहिले हलमा सात फिल्म लागिरहेका छन् ।

हलमा फिल्मको संख्या ठूलो भए पनि व्यापार भने दयनीय नै छ । दुई महिनामा प्रदर्शनमा आएका फिल्मको व्यापार हेर्ने हो भने ५० लाख ग्रस कलेक्सन नै दुर्लभ जस्तो लाग्छ ।

औषतमा हिसाब गर्दा २ करोडमा एक फिल्म बन्छ, तर ग्रस कलेक्सन ५० लाखभन्दा पनि कम ।

कतिपय फिल्मले त कलाकारले लिएको पारिश्रमिक बराबर पनि ग्रस कलेक्सन गर्न सकेका छैनन् । कलाकारको चर्चामा रहेको पारिश्रमिकभन्दा थोरै ग्रस कलेक्सन देखिनु अर्को दुखद कुरा हो ।

यो अवधिमा बक्स अफिसमा कमजोर प्रदर्शन गर्ने फिल्म आँचल शर्मा स्टारर ‘एक मुठ्ठी बादल’ हो । डिजास्टर फ्लप भएको यसले मात्रै पाँच लाख ग्रस कलेक्सन गरेको छ ।

आँचलले यही फिल्मबाट एकल लिडमा प्रयास गरेकी थिइन् । पहिलो गाँसमै ढुङ्गा लाग्यो ।

सबैभन्दा कमजोर ग्रस कलेक्सन गर्ने फिल्म भने ‘कुम्भ’ हो । यसको व्यापार तीन लाखमै सीमित छ । तथापि, यस फिल्ममा स्टार नायक–नायिका छैनन् ।

विपिनका दुई फिल्म फ्लप

नायक विपिन कार्की महँगो नायकको सूचीको सुरुवातमै पर्ने नायक हुन् । उनले पनि ४० लाखभन्दा बढी पारिश्रमिक लिएको चर्चा हुने गर्छ ।

यो वर्षको सुरुवातमा उनको अभिनय रहेको फिल्म ‘पहाड’ र ‘काजी’ प्रदर्शनमा आए । दुवैको व्यापार दयनीय भयो, ग्रस कलेक्सन एक करोड पनि पुगेन ।

‘काजी’ले ४४ लाख ३८ हजार र ‘पहाड’ले ६४ लाख ग्रस कलेक्सन गरेका छन् । विपिनका दुवै फिल्मको व्यापार भने १ करोड ८ लाख पुग्छ ।

करोडभन्दा कम व्यापार

११ मध्ये तीन फिल्मले मात्रै करोडमा ग्रस कलेक्स गरेका छन् ।

नायिका सुरक्षा पन्तले यो वर्षको सुरुवातमै बक्स अफिसमा फ्लपको सामना गर्नुपर्‍यो । उनको फिल्म ‘लाइफ ड्यामेज’ले ३४ लाख ग्रस कलेक्सन गरेको छ ।

गत वर्ष पनि उनको रेकर्ड राम्रो थिएन । गत वर्षको कमजोर व्यापार गर्ने फिल्मको सूचीमा उनी अभिनित ‘धागो’ समावेश थियो ।

नायक विजर बराल र नायिका वर्षा राउत शीर्ष भूमिकामा रहेको फिल्मले ५० लाख ग्रस कलेक्सन गरेको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गरेपछि विजयको माग लिड हिरोका रुपमा भयो । उनले भटाभट फिल्म पनि साइन गरे ।

‘पूर्णबहादुरको सारङ्गी’ उनले साइन गरेको चौथो फिल्म हो, ‘मालती मंगले’ । यो पनि फ्लप भयो । अर्को हिट फिल्मको खोजीमा रहेका विजय यो पटक पनि असफल भए । फिल्मको व्यापार ५२ लाख मात्रै छ ।

एक्लो ‘लालीबजार’

नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्मले ९ करोड ग्रस कलेक्सन गरेको छ । यो नै यो वर्षको सबैभन्दा हिट फिल्म हो ।

‘लालीबजार’ले हलमा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की र विजय बराल जस्ता अहिलेका चल्तीका नायकहरूको फिल्मसँग प्रतिस्पर्धा गरेको थियो । ती सबैलाई कमजोर साबित गर्दै ‘लालीबजार’ हिट भयो ।

नेपाली फिल्म क्षेत्रमा नायिकालाई एकल लिड दिन मेकरहरू व्यवसायिक रुपले जोखिम मान्छन् । तर, यहाँ स्वस्तिमाले चल्तीका नायकहरूका फिल्मलाई जोखिममा पारिन् ।

त्यस्तै, ‘परालको आगो’ र ‘मितज्यू’ दुई फिल्मले करोड ग्रस कलेक्सन पुर्‍याएका छन् । ‘परालको आगो’ले ४ करोड ३० लाख र ‘मितज्यू’ले एक करोड २१ लाख ग्रस कलेक्सन गरका छन् ।

रोचक कुरा– यो वर्ष प्रदर्शनमा आएका सबै फिल्मको ग्रस कलेक्सन जोड्यो भने ‘लालीबजार’को भन्दा कम हुन्छ । जबकि, ‘लालीबजार’ बाहेक अन्य १० फिल्म प्रदर्शनमा आइसके ।

अन्य १० फिल्मको ग्रस कलेक्सन जोड्दा ८ करोड ७६ लाख हुन्छ । ‘लालीबजार’ एक्लैको व्यापार ९ करोडभन्दा धेरै छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ७ : ५३ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका