काठभित्र १०० टन लागूऔषध « Khabarhub

काठभित्र १०० टन लागूऔषध


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सान्टियागो- चिलीका सुरक्षा तथा भन्सार निकायहरूले काठको ठूलो ढुवानीभित्र लुकाएर युरोप पठाउन लागिएको करिब एक सय टन लागूऔषध बरामद गर्दै देशकै इतिहासमा सङ्गठित अपराधविरुद्धको सबैभन्दा ठूलो कारबाहीमध्ये एक सफल भएको घोषणा गरेका छन् । अधिकारीहरूका अनुसार यो बरामदले अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाललाई ठूलो धक्का दिएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणअनुसार अभियोजन कार्यालय, समुद्री प्रहरी र भन्सार विभागको संयुक्त अभियानमा विभिन्न प्रकारका लागूऔषध मिसाइएको एक हजार ८० टन काठ नियन्त्रणमा लिइएको हो । भन्सार विभागले विज्ञप्ति जारी गर्दै यस कारबाहीलाई चिलीमा सङ्गठित अपराधविरुद्धको ‘ऐतिहासिक प्रहार’ को संज्ञा दिएको छ । बरामद गरिएका लागूऔषधमध्ये अधिकांश कोकिन र केटामाइन रहेको जनाइएको छ ।

युरोपेली बजारमा ती लागूऔषधको अनुमानित खुद्रा मूल्य करिब आठ अर्ब ३० करोड अमेरिकी डलर पुग्ने अधिकारीहरूको भनाइ छ । छ महिनासम्म सञ्चालन गरिएको अनुसन्धानका क्रममा बोलिभियाबाट आएको ४५ वटा कन्टेनर शङ्कास्पद देखिएपछि निगरानी बढाइएको थियो ।

ती कन्टेनरमा दाग लागेको काठभित्र अत्यन्तै योजनाबद्ध ढङ्गले लागुऔषध लुकाइएको फेला परेको थियो । भन्सार अधिकारीहरूका अनुसार उक्त कार्गो युरोप पुगेको भए काठभित्र मिसाइएका लागुऔषध निकाल्न विशेष प्रयोगशालामा उन्नत रासायनिक प्रक्रिया अपनाउनुपर्ने अवस्था हुने थियो ।

यसले तस्करहरूले लागूऔषध ओसारपसारका लागि अझ जटिल र परिष्कृत विधि प्रयोग गरिरहेको देखाएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले थप शङ्कास्पद कन्टेनरहरूको जाँच जारी रहेको जानकारी दिएका छन् ।

अनुसन्धान अघि बढ्दै जाँदा बरामद गरिएको कुल परिमाण अझै बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ । चिलीले यस कारबाहीलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करी नियन्त्रण अभियानमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ५ : ५० बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा