सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षीले सदनमा विरोध जारी राख्ने « Khabarhub

सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षीले सदनमा विरोध जारी राख्ने


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेका छन् ।  

सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेकाले त्यो अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

प्रधानमन्त्रीले संसद्बाट देशवासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसद्को रेकर्डबाट पनि उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले बताए  ।

उनले सदन खोल्न सरकारको तर्फबाट कुनै चासो र पहलकदमी नलिएको समेत बैठकको निष्कर्ष रहेको उल्लेख गरे ।

सदन खोल्न सत्तापक्षबाट विभिन्न प्रस्तावहरू आएकाले सर्वपक्षीय बैठक आयोजना गरेर आफ्ना कुरा राख्नेसमेत निर्णय भएको उनको भनाइ छ । 

महरले करका दर हेरफेरबारे समेत विपक्षी दलको गम्भीर ध्यानाकर्षण भएकाले यसको छानबिनका लागि संसदीय समिति बनाउनुपर्नेमा एकमत रहेको बताए ।

बैठकमा श्रम संस्कृति पार्टी बाहेकका विपक्षी दलका सांसदहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ६ : ३२ बजे

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क