गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय « Khabarhub

गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्रीमा दोस्रो पटक शपथ लिएका सुधन गुरुङले गम्भीर प्रकृतिकासहित चारवटा निर्णय गरेका छन्।

उनले पदभार ग्रहणका क्रममा मंगलबार चारवटा निर्णय गरिएको बताएका छन्।

उनले गत भदौमा भएको जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने नसकिनेबारे छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय भएको बताए ।

त्यसैगरी राजा वीरेन्द्र शाहको वंशनास हुने गरी २०५८ जेठ १९ गते भएको नारायणहिटी हत्याकाण्डबारे थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय भएको पनि गुरुङले बताए । उनले उक्त हत्यकाण्डसम्बन्धी यसअघि भएका छानबिनका सबै फाइल खोल्दै नयाँ छानबिन प्रक्रिया अघि बढाउने पनि घोषणा गरे ।

यस्तै गृहमन्त्रालय र मातहतका निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन एसआईभीटी गठन गर्ने निर्णय भएको पनि उनले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोअन्तर्गतका पेन्डिङ फाइल तत्काल टुंगो लगाउन द्रुत गतिमा काम थालिने उनले बताए । अब ब्यूरोमा विशिष्ठिकृत समूह बनाएर सबै मुद्दाको फाइल खोलिने पनि उनले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ७ : ०८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री