दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त « Khabarhub

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित आठ जना वडा अध्यक्षको पद स्वतः रिक्त भएको जनाएको छ ।

आयोगले मंगलबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ बमोजिम एमाले केन्द्रीय सचिवालयको निर्णयअनुसार सम्बन्धित जनप्रतिनिधिहरूले दल त्याग गरेको जानकारी प्राप्त भएपछि उनीहरूको पद रिक्त भएको निर्णय गरिएको जनाएको हो ।

आयोगका अनुसार मिति २०८३ जेठ २६ गतेको निर्णयअनुसार ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ का कमल बहादुर बानियाँ, मोलुङ–६ का कमल तामाङ र चम्पादेवी गाउँपालिका–७ का सुरेश कुमार थापा पदमुक्त भएका छन् ।

त्यसैगरी पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका–४ का रामकुमार श्रेष्ठ, रंगेली नगरपालिका–१ का महेश कुमार खनाल तथा दाङको घोराही उपमहानगरपालिका–४ का मधुसूदन शर्मा पनि पदबाट स्वतः मुक्त भएका छन् ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १२ : ११ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६