स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो « Khabarhub

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह फैलाइएको बताएका छन्  ।  

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा अवरोध गरेर आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका हुन् । 

नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको भन्दै उनले रुष्ट तिनै समूहबाट पालित पोसितबाट सरकारमाथि आक्रमणको भइरहेको शंका रहेको धारणा राखे । 

मन्त्री वाग्लेले संसदमा प्रस्तुत आर्थिक विधेयकमा रहेका त्रुटि सच्चाएपछि सांसदहरूलाई समेत उक्त विधेयकको प्रति उपलब्ध गराइएको जानकारी दिए । आर्थिक विधेयकको पाना नै गायब गरिएको भन्दै जनतालाई छर्न खोजिएको भ्रम धेरै दिन नटिक्ने उनको भनाइ छ । 

उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे । 

सुशासनको विषयमा असाध्यै निर्मम रहेको भन्दै उनले अनुमानका भरमा कर बढ्दै छ भनेर भनेर हतार हतार गाडी भित्राएको हुनसक्ने बताए । बजेट अघि ठूलो संख्यामा विद्युतीय सवारी भित्रँदा राज्यलाई नै फाइदा भएको उनको भनाइ छ ।

उनले करका विषयमा कुनै गडबढी नभएकाले संसदीय छानबिन समिति गठनको माग गर्नु उचित नभएको बताए । बिना कुनै प्रमाण आरोप लगाएको भरमा जथाभावी संसदीय छानबिन गर्न संसद् त्यति सस्तो भयो? भन्दै उनले प्रश्न गरे । 

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १२ : ३८ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक