विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान « Khabarhub

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद जारी राखेका छन् ।

विपक्षीले प्रधानमन्त्री बालेन शाह सदनमा आएर जवाफ दिनुपर्ने अडान कायमै राखेका छन् । यदि त्यसो नभए लिखित रुपमा पेश गरेको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले पढ्नुपर्ने माग विपक्षीले राखेका छन् । 

लामिछानेले छलफलमा प्रधानमन्त्रीले लिखित रूपमा जवाफ उपलब्ध गराउनुपर्ने माग राखेको विपक्षी दलका एक नेता बताउँछन् ।  

रविले भने परराष्ट्रमन्त्री नै प्रमको साटो बोल्ने अडान राखिरहेका छन् । तर विपक्षीले बालेनको लिखित पत्र आए मात्रै परराष्ट्र मन्त्रीलाई पढ्न दिने अडान राखिरहेका छन् । बैठकमा अहिलेसम्म सहमति जुटेको छैन ।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, एमालेका तर्फबाट  ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्वु ओली छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र सचेतक क्रान्तिशिखा धिताल उपस्थित छन् ।

कांग्रेस दलका नेता आङ्देम्बेले यो गम्भीर विषय रहेकाले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् । 

एमालेसहितका दलहरूले यही प्रस्तावलाई अगाडि बढाउँदा मिलनबिन्दुका लागि लिखित जवाफ पेश गरेमा परराष्ट्रमन्त्री खनाललाई बोल्न दिने अडान राखेका छन् । 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १ : १३ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु