विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान « Khabarhub

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद जारी राखेका छन् ।

विपक्षीले प्रधानमन्त्री बालेन शाह सदनमा आएर जवाफ दिनुपर्ने अडान कायमै राखेका छन् । यदि त्यसो नभए लिखित रुपमा पेश गरेको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले पढ्नुपर्ने माग विपक्षीले राखेका छन् । 

लामिछानेले छलफलमा प्रधानमन्त्रीले लिखित रूपमा जवाफ उपलब्ध गराउनुपर्ने माग राखेको विपक्षी दलका एक नेता बताउँछन् ।  

रविले भने परराष्ट्रमन्त्री नै प्रमको साटो बोल्ने अडान राखिरहेका छन् । तर विपक्षीले बालेनको लिखित पत्र आए मात्रै परराष्ट्र मन्त्रीलाई पढ्न दिने अडान राखिरहेका छन् । बैठकमा अहिलेसम्म सहमति जुटेको छैन ।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, एमालेका तर्फबाट  ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्वु ओली छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र सचेतक क्रान्तिशिखा धिताल उपस्थित छन् ।

कांग्रेस दलका नेता आङ्देम्बेले यो गम्भीर विषय रहेकाले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् । 

एमालेसहितका दलहरूले यही प्रस्तावलाई अगाडि बढाउँदा मिलनबिन्दुका लागि लिखित जवाफ पेश गरेमा परराष्ट्रमन्त्री खनाललाई बोल्न दिने अडान राखेका छन् । 

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १ : १३ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक