संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो « Khabarhub

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना कुरा राखिरहेका छन् ।

बुधबार दिउँसो वेल घेराउ गरेर विरोध जनाएपछि उनलाई सभामुख डीपी अर्यालले बोल्ने समय दिएका थिए ।

सभामुखले बोल्ने समय दिएपछि श्रमसंस्कृति पार्टीका संसदीय दलका नेता हर्कले आफूलाई बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए

उनले संसद्को मर्यादा कायम राख्नुपर्ने समेत बताएका छन्।

‘संसद्को मर्यादालाई कायम राख्ने हो । थिति बसाल्ने हो। सदनमा बोल्नका लागि पनि आन्दोलन गर्नुपर्ने भयो। यो आन्दोलन नै आन्दोलन र झै-झगडा र आगजनी भइरहने देश हो। आगजनीको ह्याङओभर हाम्रो सदनभित्र पनि छ’, उनले भने, ‘सानो स्वरमा भन्दा नसुन्ने गरी हाम्रोमा कानेगुजी धेरै छ। यो सदनलाई विधिबाट सञ्चालन गर्नुपर्छ।’

उनले पहिला संविधानको धारा र उपधारा अध्ययन गर्नु जरुरी रहेको बताएका छन्। उनले राष्ट्रविरोधी अभिव्यक्ति प्रधानमन्त्री वालेन्द्र शाहले सच्याउनुपर्ने पनि बताएका छन् ।

‘त्यस अनुसारका आचरण गर्नुपर्ने छ। प्रधानमन्त्रीज्यू आफू आउँदा पनि हुने, नआउँदा पनि हुने अवस्था सिर्जना गर्नु हुँदैन’, उनले भने, ‘प्रधानमन्त्रीले जथाभावी बोलिदिएका कारण हाम्रो सिमानामा नै गुमाउनुपर्छ भन्ने पिर छ । प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्छ भन्ने माग विपक्षी दलको छ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ६ : १५ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक