इरानी राष्ट्रपतिले भने- युद्ध देशका लागि राम्रो होइन, विज्ञको टिप्पणी, ‘इरान-अमेरिका दुवै लामो समय लड्न चाहँदैनन् « Khabarhub

इरानी राष्ट्रपतिले भने- युद्ध देशका लागि राम्रो होइन, विज्ञको टिप्पणी, ‘इरान-अमेरिका दुवै लामो समय लड्न चाहँदैनन्


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका राष्ट्रपति मसूद पेजशकियानले अब ‘न युद्ध न शान्ति’को अवस्थबाट बाहिर निस्किनुपर्ने बताएका छन् ।

उनले बुधबार पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले पनि वार्तामार्फत् यो समस्याको समाधान निकाल्न चाहेको बताए । खामेनेईले यसका लागि अनुमति पनि दिएका उनको भनाइ छ ।

पेजशकियानले भने, ‘युद्ध इरानका लागि राम्रो होइन, तर यदि कुनै देशले हमला गर्छ भने इरानले जवाफ दिनेछ । कसैको अगाडि झुक्नेछैन।’

उनले वार्ता नै हालको तनाव समाप्त गर्न सबैभन्दा राम्रो बाटोका रुपमा उल्लेख गरेका छन् ।

उनले यसअघि इरानले वार्ता गर्न नमानेको आरोप लाग्ने गरेको स्मरण गरे । ‘पहिले धेरै पटक इरान वार्ता गर्दैन भनिन्थ्यो, तर सरकारभित्र यो कुरा छलफल हुन्थ्यो’, उनले भने, ‘बिनावार्ता समस्या कसरी समाधान हुन्छ ? त्यही कारणले खामेनेईले वार्ता जारी राख्न अनुमति दिएका थिए।’

उता मध्यपूर्व मामिलाका विज्ञ एलिजाह म्याग्नियरले निरन्तर हमला र जवाफी कारबाहीका बाबजुद अमेरिका र इरान दुवै लामो युद्धबाट बच्न चाहेका दाबी गरेका छन् ।

अमेरिकाले यी हमलामार्फत आफ्नो शक्ति देखाउन, आफ्ना सैनिकको सुरक्षा गर्न र समुद्री मार्गमा आफ्नो नियन्त्रण कायम राख्न चाहेको पनि उनले खुलाए ।

उता इरानले आफूमाथि हुने हरेक हमलाको जवाफ दिइनेछ भन्ने देखाउन चाहेको उनले बताए । म्याग्नियरका अनुसार यदि लडाइँ लामो भयो भने यसको प्रभाव केवल दुवै देशमा मात्र नभई पूरै खाडी क्षेत्र, तेल आपूर्ति र विश्व बजारमा पर्नेछ।

अमेरिकी अपाचे हेलिकप्टर खसालिएको मुद्दामा म्याग्नियरले बोलेका छन् । उनले यस घटनामा इरानले जिम्मेवारी नलिने पनि दाबी गरे। उनले भने, ‘यदि त्यसो गरेमा अमेरिकालाई अझ ठूलो हमला गर्न वा सीधै युद्ध सुरू गर्न मौका मिल्न सक्छ।’

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : ३५ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित