आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप « Khabarhub

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित १६ हप्ते आईटी छात्रवृत्ति कार्यक्रमका विजेता घोषणा गरिएको छ। नुवाकोटकी सोफिया तामाङ ‘च्याम्पियन’ र सर्लाहीकी प्राथना मिश्र ‘फस्ट रनरअप’ घोषित भएका छन् । दुवैले अष्ट्रेलियन आईटी कम्पनी एक्टिभ आईटीमा रोजगारी प्राप्त गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहीबार आयोजित कार्यक्रममा “सिस्टम नेटवर्क सपोर्ट जब रेडी प्रोग्राम” अन्तर्गत उत्कृष्ट विद्यार्थीहरूको घोषणा गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूले हासिल गरेका प्राविधिक सीपको प्रत्यक्ष प्रस्तुति दिएका थिए ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन देशभरबाट २ हजारभन्दा बढी आईटी विद्यार्थीले आवेदन दिएका थिए। चार चरणको छनोट प्रक्रियापछि ८ जना विद्यार्थी अन्तिम सूचीमा परेका थिए । व्यक्तिगत कारणले २ जनाले कार्यक्रम छाडेपछि ६ जना विद्यार्थीले अन्तिम चरणको ‘जब रेडी’ कार्यक्रम पूरा गरेका हुन् ।

छात्रवृत्तिअन्तर्गत सामान्यतया ३ हजार ३ सय अष्ट्रेलियन डलर शुल्क लाग्ने चार महिने कोर्स निःशुल्क प्रदान गरिएको थियो। प्रशिक्षण काठमाडौंको धुम्बराहीस्थित केन्द्रमा सञ्चालन गरिएको थियो । अन्तिम चरणमा विवेक अधिकारी, पुष्पा सुक्ला, प्राथना मिश्र, सोफिया तामाङ, सिसम श्रेष्ठ तथा सुरेश शाही सहभागी थिए ।

कार्यक्रममा बोल्दै टेकस्किल्स इन्स्टिच्युटका संस्थापक विराज बडेलले नेपालमै यस्ता सीपमूलक आईटी कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए। नेपाललाई आईटी हब बनाउने सरकारी लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

“यी सबै विद्यार्थीहरूलाई रोजगारीका लागि आवश्यक सीप र क्षमता प्रदान गरिएको छ। उनीहरू अहिले रोजगार बजारमा प्रतिस्पर्धा गर्न तयार छन्,” उनले भने । नेपालट्युब अष्ट्रेलियाका सम्पादक सरल गुरुङले विदेशमा रहेका नेपालीहरूले विभिन्न क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै आफ्नो क्षमता र स्रोतअनुसार देशका लागि योगदान गर्नुपर्ने बताए।

“यो छात्रवृत्ति हामीसँग धेरै पैसा भएर दिएका होइनौं। जिम्मेवार नागरिकका रूपमा देशका लागि केही गर्न सकिन्छ कि भन्ने सोचले यो पहल गरेका हौं,” उनले भने। आयोजकका अनुसार यसअघि पनि यस्तै कार्यक्रममार्फत ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको छ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ९ : १० बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको