परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू) « Khabarhub

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ । भगवान् विष्णुको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगिरहेका छन् ।

मन्दिर परिसरमा भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ। दर्शनका लागि लामो लाइन लागेकाले श्रद्धालुहरूले आफ्नो पालो कुरिरहेका छन् । मन्दिरमा विशेष आरती, भजन तथा कीर्तन कार्यक्रम सञ्चालन भइरहेको छ, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको छ ।

परमा एकादशी हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्वको दिन मानिन्छ। यस अवसरमा भक्तजनहरू व्रत बस्ने, पूजा गर्ने तथा भगवान् विष्णुको आराधना गर्ने परम्पराअनुसार मन्दिरमा पुगिरहेका छन् । यही कारणले बुढानीलकण्ठ मन्दिरमा आज हजारौँ भक्तजनहरूको उपस्थिति देखिएको छ ।

यो एकादशी पुरुषोत्तम महिना (अधिक मास) को अन्तिम एकादशी हो। हिन्दु पञ्चाङ्गअनुसार हरेक तीन वर्षमा एक पटक आउने पुरुषोत्तम महिनालाई भगवान् विष्णुको सर्वोत्तम स्वरूप ‘पुरुषोत्तम’को नामबाट चिनिन्छ। यो महिना व्रत, दान, स्नान, पाठपूजा तथा भगवान् विष्णुको आराधनाका लागि अत्यन्त शुभ र फलदायी मानिने धार्मिक विश्वास छ। यस अवधिमा गरिने पुण्य कार्य साधारण महिनाको तुलनामा धेरै गुणा फलदायी हुने विश्वास गरिन्छ ।

पुरुषोत्तम महिनाको अन्तिम एकादशीका अवसरमा बुढानीलकण्ठसहित देशभरका विष्णु मन्दिरहरूमा भक्तजनहरूको विशेष भीड लागेको छ । यस वर्षको अन्तिम एकादशी भएकाले श्रद्धालुहरूमा थप उत्साह, श्रद्धा र भक्तिभाव देखिएको छ। धार्मिक आस्था र विश्वासका साथ भक्तजनहरू भगवान् विष्णुको दर्शन, पूजाआजा तथा व्रतमा सहभागी भइरहेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ११ : ११ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था