इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार « Khabarhub

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका २० वटा मिसाइलहरूलाई सफलतापूर्वक आकाशमै नष्ट गरिदिएको दाबी गरेको छ । जोर्डनको सरकार सञ्चालित पेट्रा समाचार एजेन्सीसँग कुरा गर्दै त्यहाँका एक सैन्य अधिकारीले यससम्बन्धी जानकारी दिएका हुन् ।

सैन्य स्रोतका अनुसार सेनाको रक्षा प्रणालीले मिसाइलहरूलाई बीचमै रोकेर नष्ट गरेपछि तिनका केही अवशेष र टुक्राहरू जमिनमा खसेका थिए । तर, यस घटनामा कुनै पनि मानवीय क्षति वा भौतिक नोक्सानी भने नभएको अधिकारीले स्पष्ट पारेका छन् ।

ती अवशेषहरूमा कुनै पनि प्रकारको विष्फोटक पदार्थ बाँकी नरहेको सुनिश्चित गर्नका लागि सेनाको इन्जिनियरिङ युनिटले आवश्यक जाँच र व्यवस्थापन गरिसकेको छ ।

यसअघि, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले जोर्डनमा रहेको अमेरिकाको अल-अजराक सैन्य अखडालाई लक्षित गरी लगातार दोस्रो रात पनि आक्रमण गरेको जनाएको थियो । अमेरिकाले इरानमा व्यापक हवाई हमला गरेपछि जवाफमा इरानले मिसाइल प्रहार गरेको हो ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  २ : १५ बजे

‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक

काठमाडौं- विश्वका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को आरोही दल

इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज