विराटनगरमा पेस्तोलसहित एक पक्राउ « Khabarhub

विराटनगरमा पेस्तोलसहित एक पक्राउ


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रहरीले विराटनगरमा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको जोगवनीबाट आउँदै गरेका विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–१५ रानीबाट खटिएको प्रहरी टोली उनलाई चेकजाँचका क्रममा पक्राउ गरेको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार म्याजिक चप्पल राख्ने कार्टुनको बक्स भित्र झोलाले बेरेर हातमा झुन्ड्याएर ल्याउँदै गरेको अवस्थामा गुरुङलाई देउराली होटल नजिकबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

दुई जना अपरिचित युवाले भान्जीलाई नयाँ चप्पल किनेर पठाइदिएको भन्दै रानीमा भेट्न आउनेलाई जिम्मा लगाइदिनु भनेर आफूलाई जोगवनी बसपार्कबाट चप्पल राख्ने बक्स जिम्मा लगाएर पठाएको पक्राउ परेका गुरुङले प्रहरीलाई बताएका छन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : २६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा