भूतमेला हेर्नेको भीड « Khabarhub

भूतमेला हेर्नेको भीड


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– कमला नदीको किनारामा लागेको भूत मेला हेर्नेको भीड बेढेको छ ।

सिरहा र धनुषाको सिमानामा पर्ने कमलानदीमा भएको भूत मेला अवलोकान गर्ने दर्शनार्थीहरुको भीड लागेको हो।

टुनामूना र तान्त्रिक विधासंग जोडिएको मेलामा सिरहा, धनुषा, सप्तरी, सर्लाही, बारा, पर्सा लगायत छिमेकी मुलुक भारतका दर्शनार्थीसमेत आएका छन् ।

परापूूर्वकालदेखि कार्तिक पुर्णिमाको दिन कमला र उत्तरायणी नदीमा स्नान गर्दा तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । सोही अनुरुप कमला नदीमा भूत मेलाको आयोजना गरिएको हो ।

सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भव्य भूतमेला लाग्ने गर्छ । सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गरेका छन् ।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय बताउछन् । भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ४५ बजे

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका