शिशु च्यापेका गृहमन्त्रीको भावुकता « Khabarhub

शिशु च्यापेका गृहमन्त्रीको भावुकता

सुत्केरी श्रीमतीको मृत्युबारे छानबिन गर्न निर्देशन


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका सुजन बिकले अन्ततः सिंहदरबार पुगेर गृहमन्त्री सुधन गुरुङलाई आफ्नो पीडा सुनाएका छन् । विगत तीन महिनादेखि काठमाडौँका सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका बिकलाई गृहमन्त्री गुरुङले शुक्रबार मन्त्रालयमै बोलाएर भेटेका हुन् ।

आफ्नो काखमा नवजात शिशु च्यापेर न्यायको याचना गर्दै सुजन गृहमन्त्रीको कार्यकक्षमा पुगेका थिए । सो क्रममा उनले अस्पतालको गम्भीर लापरवाहीका कारण आफ्नी श्रीमतीको अकालमा मृत्यु भएको भन्दै आँसु बगाए ।

सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा श्रीमती गुमाउनुपरेको र नवजात शिशुको भविष्य संकटमा परेको भन्दै उनले सरकारसँग भावुक गुहार मागेका थिए ।

पीडित सुजन र उनको बच्चाको कारुणिक अवस्था देखेपछि गृहमन्त्री गुरुङ निकै भावुक बनेका थिए । परिवारको सम्पूर्ण पीडा र गुनासो ध्यानपूर्वक सुनेपछि गृहमन्त्री गुरुङले तत्कालै आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

“राज्य नागरिकको अभिभावक हो। अस्पतालको लापरवाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद् छ,” गृहमन्त्री गुरुङले भने, “यो घटनाको गहिराइमा पुगेर छानबिन गरिनेछ र दोषीलाई कडा भन्दा कडा कारबाही हुनेछ ।”

गृहमन्त्री गुरुङले मन्त्रालयका अधिकारीहरूलाई तत्कालै एक उच्चस्तरीय छानबिन समिति गठन गर्न र घटनाको सत्यतथ्य विवरण यथाशीघ्र बाहिर ल्याउन कडा निर्देशन दिएका छन् ।

छानबिनको प्रतिवेदनका आधारमा दोषी देखिएका जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ९ : ०१ बजे

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८