पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान « Khabarhub

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। 

बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त  अनुदानमा  सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ । गाउँपालिकाका अनुसार भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानका लागि  गोठ निर्माणका लागि २० जना र दुहुना भैँसी खरिदका लागि गर्ने ३५ जना किसानले निवेदन दिएका थिए । जसमध्ये हालसम्म २० जना किसानले दुहुना भैँसी खरिद गरिसकेका छन् । ती भैँसी गोठमै पुगी अनुगमन गर्नुका साथै भैँसी हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । 

अध्यक्ष गुरुङका अनुसार ५० प्रतिशत अनुदानअन्तर्गत प्रतिकिसान अधिकतम रु ७५ हजारसम्म उपलब्ध गराइएको छ । गाउँपालिकाले भैँसी प्रवर्द्धनका लागि रु ४५ लाख विनियोजन गरेको छ । 

उनले व्यावसायिक पशुपालनमार्फत किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले वडा नं ५ मा चालु आर्थिक वर्षमा व्यावसायिक गाईपालनका लागि किसानलाई अनुदान कार्यक्रम सञ्चालन गरिएको बताए। 

यसैगरी, वडा नं ६ मा बाख्रापालनका लागि व्यवस्थित खोर निर्माणका लागि अनुदान गरिएको छ । सबै वडामा किसानको मागअनुसार कृषिमा विभिन्न पकेट क्षेत्र घोषणा गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । वडा नं ३ मा सुन्तला प्रवर्द्धन र वडा नं १ र २ मा तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको गुरुङको भनाइ छ । 
 
बाख्रा र भैँसीपालन गर्दै आउनुभएका कुरिनटारकी सावित्री त्रिपाठीले गाउँपालिकाले अनुदान प्रदान गरेसँगै किसानलाई सहज भएको बताए। उनल आफूले दैनिक आठ-नौ माना दूध बेचेर आम्दानी गर्दै आइरहेको बताए। 

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ११ : २८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि