सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता « Khabarhub

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूभागतर्फ प्रवेश गरेको आरोपपछि स्थानीय नेपाली समुदाय विरोधमा उत्रिएका छन्।

स्थानीयवासीका अनुसार भारतीय सुरक्षाकर्मी हतियारसहित सीमा क्षेत्रको खोला तरेर नेपालीतर्फ गस्तीमा आएका थिए।

स्थानीयले उनीहरूलाई रोकेर नेपाली भूभागमा प्रवेश गर्नुको कारण सोधेपछि केही समय तनाव उत्पन्न भएको थियो स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मी फर्किएका छन् ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले भारतीय पक्षले केही दिनअघि पनि नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको आरोप लगाएका छन्।

उनका अनुसार तटबन्ध निर्माणको केही क्षेत्रमा भारतीय पक्षले आपत्ति जनाउँदै आएको छ।

स्थानीयवासीले भारतीय सुरक्षाकर्मीले नेपाली भूभागतर्फ गस्ती बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। घटनापछि क्षेत्रको अवस्था केही समय तनावपूर्ण बनेको बताइएको छ।

यद्यपि, उक्त घटनाबारे नेपाल र भारतका सम्बन्धित सुरक्षा निकाय वा स्थानीय प्रशासनबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ।

सीमा क्षेत्रसँग सम्बन्धित विषय भएकाले स्थानीयवासीले सम्बन्धित निकायलाई घटनाबारे यथार्थ छानबिन गरी आवश्यक पहल गर्न माग गरेका छन्।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १२ : ५० बजे

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा

माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ?

काठमाडौं- एमाले-नेकपाबीचको सहकार्यबारे नेकपाका सहसंयोजक माधवकुमार असन्तुष्ट रहेको खबर बाहिरिएको

ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू !

काठमाडौं – पछिल्लो हिट फिल्म ‘गौँथली’सम्म आइपुग्दा प्रष्ट हुन्छ– अब