विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते « Khabarhub

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी पाँच जनाको मृत्यु, एक जना बेपत्ता र ७ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार सबैभन्दा बढी १२ वटा आगलागीका घटना भएका छन् । यस्तै सात वटा सर्पदंश, पाँच वटा चट्याङ, दुई-दुई वटा पहिरो र नदीजन्य विपद्का घटना तथा एक–एक वटा लेक आउटबर्स्ट, चट्याङ, बाढी र जंगल तथा वन्यजन्तुसम्बन्धी घटना भएका छन् ।

विपद्का घटनाबाट २२ जिल्ला प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्पदंशबाट २ जना, आगलागीमा परेर, लेक लागेर एक जना केबलकार दुर्घटनामा परेर एक जना गरी ५ जनाको मृत्यु भएको छ । 

विपद्का घटनाबाट करिब १८ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । मनसुन नजिकिँदै जाँदा आगलागी, सर्पदंश, चट्याङ र पहिरोका घटनामा सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १ : ०९ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम