चोरी भएको मोटरसाइकल ट्राफिक चेकिङमा पर्दा… « Khabarhub

चोरी भएको मोटरसाइकल ट्राफिक चेकिङमा पर्दा…


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर प्रहरीले चोरीको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१० कुपण्डोल–युएन पार्क सडक बाटोमा चेकजाँचको क्रममा प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको हो ।

बा९४प ९३०८ नम्बरको बजाज पल्सर (एनएस–२००) सहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१ घर भइ काठमाडौंको नरेफाँट बस्ने २७ वर्षीय श्रवण कुमार तामाङ्ग र सोही ठाउँ घर भइ ललितपुरको कुपण्डोल बस्ने ३१ वर्षीय धर्मलाल बाइबा छन् ।

श्रवणले चलाएको मोटरसाइकलमा धर्मलाल पछाडि बसेका थिए । प्रहरीले ट्राफिक चेकजाँचका क्रममा मोटरसाइकलको कागजात मागेको थियो । चालक श्रवणले कागजात देखाउन नसकेपछि प्रहरीले मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट उक्त मोटरसाइकल चोरी भएको फेला परेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले उक्त मोटरसाइकल फागुन ५ गते काठमाडौंको ठमेलबाट चोरी गरी प्रयोग गर्दै आएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ७ : ०८ बजे

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,

‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी

रेविज विरुद्धको खोपको अभाव छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव

रोनाल्डो भन्छन् : विश्वकपमा मेस्सीसँगको भिडन्त साँच्चिकै अद्भुत हुनेछ

काठमाडौं- ह्युस्टनमा मंगलबार उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकालेपछि पोर्चुगिज

इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता

तेहरान– इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका