सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने | Khabarhub Khabarhub

सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चोटका कारण लिभरपुल तथा ईजिप्टका फरवार्ड मोहमद सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने भएका छन् ।

ईजिप्टका अन्तराष्ट्रिय स्टार सलाहाले चोटका कारण केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने भएका हुन् ।

२७ बर्षका सलाहा प्रिमियर लिगमा म्यान्चेष्टर सिटीविरुद्व ८७ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

सलाहाले कायरोमा मंगलबार चोटको परिक्षण गरेका थिए । ‘चोट निको हुन केही समय उपचारको आवश्यकता देखिएको छ,’ ईजिप्टले बिज्ञप्तीमार्फत भनेको छ ।

सलाहाले म्यान्चेष्टर युनाईटेडसंग लिभरपुलले बराबरी खेलेको म्याच समेत गुमाउन पुगेका थिए । लेस्टरका हमजा चौधरीको ट्याकलका कारण उनको चोट बल्झिएको थियो ।

सो ट्याकललाई लिएर लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले समेत आपत्ती जनाएका थिए । लिभरपुलले प्रिमियर लिगको आगामी खेलमा क्रिस्टल प्यालेससंग नोभेम्बर २३ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : २८ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त