कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला « Khabarhub

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन्।

गिरिजाप्रसाद कोइराला लेबर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको आज उद्घाटन गर्दै नेता डा. कोइरालाले पार्टी बलियो भए संविधानको कार्यान्वयन र लोकतन्त्र मजबुत हुने धारणा राखे।

नेता डा. कोइरालाले पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टीमा बृहत् एकता आवश्यक रहेको चर्चा गरे। उनले पार्टी संगठित बनाउन आफू एकता अभियानमा लागेको बताए।

उनले भने, “अहिले संघीय संसद्मा संख्यात्मक रूपमा कांग्रेस कमजोर रहेकाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प छैन।”

नेता डा. कोइरालाले पार्टीमा विवाद आउनुको कारणबारे नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नुपर्ने बताए।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १० : १७ बजे

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८