प्रभु बैकको शेयर मूल्य समायोजन « Khabarhub

प्रभु बैकको शेयर मूल्य समायोजन


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्स्चेञ्जले प्रभु बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजित शेयरमूल्य प्रति कित्ता २३० रुपैयाँ १७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरिएको हो । बैंकले मंसिर ६ गतेका लागि साधारणसभा बोलाइसकेको छ ।

जुन बैठकले बैकको लाभांश पारित गर्नेछ । मंसिर ६ गते अठारौँ वार्षिक साधारण सभा बोलाएको बैकले कार्तिक २६ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको छ ।

साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने बैकले जनाएको छ ।

८ अर्ब ८९ करोड २६ लाख चुक्तापूँजी रहेको बैकको बोनस शेयर वितरणपछि १० अर्ब ३१ करोड ५५ लाख पुग्ने देखिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : ०९ बजे

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट