विज्ञान प्रयोगशालाका लागि विश्वसनीय कानुन बनाउन खोजेका छौँ : मन्त्री पुन « Khabarhub

विज्ञान प्रयोगशालाका लागि विश्वसनीय कानुन बनाउन खोजेका छौँ : मन्त्री पुन


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन आवश्यक कानून बनाउन खोजेको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी छलफलका क्रममा मन्त्री पुनले नेपालमा धेरै प्रयोगशाला भएपनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बहुउपयोगी र विश्वसनीय बनाउन आवश्यक कानून बनाउन खोजेको बताएका हुन्।

उनले विधेयकमाथि विज्ञहरूको राय सुझाव निकै महत्त्वपूर्ण रहेको बताए ।

उनले अहिले भइरहेको प्रयोगशालालाई समेत सुदृढ गर्ने सरकारको नीति भएको भन्दै अहिलेको विधेयकले भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षेत्रलाई मात्रै हेर्ने धारणा राखे । 

बैठकमा विज्ञहरूले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला गुणस्तरीय र विश्वसनीय बनाउन सक्ने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनीहरूले राष्ट्रिय प्रयोगशाला भएकाले गोपनीयताका साथै सुरक्षाका विषयमा समेत आवश्यक व्यवस्थासहितको कानून बनाउनुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ०१ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक