युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण « Khabarhub

युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लामो समयको अवरोधपछि युरोपेली सङ्घ (ईयु) ले युक्रेनको सदस्यता प्रक्रियालाई अगाडि बढाउने महत्त्वपूर्ण निर्णय गरेको छ । यद्यपि, यसले युक्रेन छिट्टै इयुको पूर्ण सदस्य बन्ने संकेत भने गर्दैन ।

इयुका २७ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार युक्रेन तथा छिमेकी मोल्डोभासँग इयुको कानून तथा मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता सुरु गर्ने निर्णय गरेका छन् ।

हङ्गेरीका राष्ट्रवादी नेता भिक्टर ओर्बानले युक्रेनको सदस्यता प्रक्रियामा लामो समयदेखि अवरोध सिर्जना गर्नुभएको थियो । तर अप्रिलमा प्रतिद्वन्द्वी पिटर मग्यारसँग चुनावी पराजय भोगेपछि युक्रेनको सदस्यता प्रक्रियाले पुनः गति लिन थालेको हो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेन र मोल्डोभाले कठिन परिस्थितिका बाबजुद सुधारका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरेका छन् ।

उनीहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको अवस्थामा अझ बलियो र विस्तारित युरोपेली सङ्घ सबै सदस्य राष्ट्रहरूको साझा हितमा रहेको बताए।

रुसको आक्रमणपछि सदस्यताका लागि आवेदन दिएको चार वर्षपछि युक्रेनले इयुको सदस्यता प्रक्रियामा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि पूर्ण सदस्यता प्राप्त गर्न अझै धेरै चुनौतीहरू बाँकी छन् ।

युक्रेनले आफ्नो कानूनी संरचना, प्रशासनिक संस्था तथा विभिन्न मापदण्डहरूलाई इयुका नियमअनुसार रूपान्तरण गर्नुपर्नेछ । त्यसैले वर्तमान निर्णयलाई सदस्यता प्रक्रियाको महत्त्वपूर्ण उपलब्धि मानिए पनि पूर्ण सदस्यताको यात्रा अझै लामो रहने विश्लेषण गरिएको छ ।

युक्रेनको इयु सदस्यता प्रक्रियामा वातावरण, कृषि, न्याय, सुरक्षा लगायतका क्षेत्र समेटिएका ३५ वटा अध्यायमा आधारित वार्ताहरू समावेश छन्, जसलाई छ वटा समूहमा विभाजन गरिएको छ ।

यद्यपि, इयुको निर्णय प्रक्रिया राजनीतिक रूपमा संवेदनशील भएकाले कुनै पनि सदस्य राष्ट्रले विभिन्न चरणमा युक्रेनको प्रगतिलाई रोक्न सक्ने अवस्था रहन्छ ।

एक युरोपेली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै युक्रेनको सदस्यता प्रक्रिया लामो र चुनौतीपूर्ण रहेको बताए। उनका अनुसार युक्रेन युद्धको अवस्थामा छ र सङ्गठित अपराध नियन्त्रणलगायतका विषयमा अझै महत्त्वपूर्ण सुधार आवश्यक छ । साथै, सदस्य बनेमा युक्रेन इयुको तेस्रो ठूलो राष्ट्र हुनेछ ।

उनले युक्रेनको इयु प्रवेश छिट्टै हुने अपेक्षा यथार्थपरक नभएको पनि बताए। हङ्गेरीका नेता पिटर मग्यारले युक्रेनले आगामी १० देखि १५ वर्षभित्र सदस्यता सम्बन्धी सबै वार्ता पूरा गरेमा त्यसको इयु प्रवेशबारे जनमत सङ्ग्रह गराउने वाचा गरेका छन् ।

युक्रेनको सदस्यता प्रक्रियाबारे इयुभित्र विभिन्न वैकल्पिक मोडेलबारे पनि छलफल बढ्दै गएको छ । जर्मन चान्सलर फ्रेडरिक मेर्जले अप्रिलमा युक्रेनलाई तत्काल पूर्ण सदस्य बनाउने सम्भावना नरहेको बताएका थिए । उनले मतदान अधिकारबिनाको ‘सहयोगी सदस्य’ को अवधारणा अघि सारेका छन्, जसअन्तर्गत युक्रेनले पूर्ण सदस्यताको प्रक्रिया पूरा नहुँदासम्म सीमित सहभागिता पाउन सक्छ ।

तर युक्रेनले यस्तो प्रस्तावप्रति शङ्का व्यक्त गरेको छ । किएभले अन्तरिम व्यवस्थाले आफूलाई स्थायी रूपमा पूर्ण सदस्यताभन्दा बाहिर राख्न सक्ने चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनको इयु प्रवेश पूर्ण अधिकारसहितको सदस्यताका रूपमा हुनुपर्नेमा जोड दिए ।

– इयु सुधारको आवश्यकता 

युक्रेन, मोल्डोभा तथा अन्य उम्मेदवार राष्ट्रहरूको सङ्ख्या बढ्दै जाँदा इयुभित्र पनि संस्थागत सुधारको आवश्यकता महसुस गरिएको छ ।

जर्मनी र फ्रान्ससहित छ सदस्य राष्ट्रले नयाँ सदस्यहरूको आगमनलाई ध्यानमा राख्दै मतदान प्रणालीमा सुधार, केही क्षेत्रमा भिटो अधिकार सीमित गर्ने तथा कानूनी शासनसम्बन्धी मापदण्ड कडा बनाउने विषयमा छलफल गर्न आग्रह गरेका छन् । 

हाल पश्चिमी बाल्कनका मोन्टेनेग्रो र अल्बानिया सदस्यताको सबैभन्दा नजिक रहेका उम्मेदवार मानिन्छन् । विश्लेषकहरूका अनुसार एकैपटक धेरै नयाँ सदस्य थपिँदा इयुको निर्णय प्रक्रिया जटिल बन्न सक्ने जोखिम छ ।

– २०३० सम्मको लक्ष्य 

युक्रेन र उसका समर्थकहरूका लागि इयु सदस्यता केवल राजनीतिक परियोजना नभई रणनीतिक र सुरक्षा सम्बन्धी मुद्दा पनि बनेको छ । जेलेन्स्कीले वार्ता प्रारम्भ हुनु युक्रेनका लागि ‘महत्त्वपूर्ण राजनीतिक र नैतिक समर्थन’ भएको बताए । उनले युक्रेनले आवश्यक सुधारहरू गरिरहेको उल्लेख गर्दै इयुले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताए।

लिथुआनियाका विदेशमन्त्री केस्टुटिस बुड्रिसले इयु सन् २०३० सम्म युक्रेनलाई सदस्यता दिन तयार हुनुपर्ने धारणा व्यक्त गरेका छन् । तर उनले अन्तिम निर्णय युक्रेनले आवश्यक सुधार पूरा गर्न सकेको अवस्था र वार्ताको प्रगतिमा निर्भर रहने स्पष्ट पारे।

“यसको अर्थ सन् २०३० मै युक्रेन सदस्य बन्छ भन्ने ग्यारेन्टी होइन । तर त्यसबेलासम्म इयु युक्रेनलाई स्वीकार गर्न तयार हुनुपर्छ”, उनले भने।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ०५ बजे

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले