मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो « Khabarhub

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा मलमासको अन्तिम सोमबारे औँसीका अवसरमा स्नान तथा पूजाआजा गर्ने श्रद्धालुको उल्लेख्य घुइँचो लागेको छ ।

सोमबारे औँसी तथा मलमासको अन्तिम दिन पवित्र स्नान गर्न देशका विभिन्न स्थानबाट भक्तजन देवघाटधाम पुगेका थिए । त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गरी श्रद्धालुले पूजा, आराधना, दान तथा धार्मिक अनुष्ठान गरेका छन् ।

धार्मिक विश्वासअनुसार सोमबारे औँसीका दिन देवघाटमा स्नान तथा पूजाआजा गर्दा पुण्य प्राप्त हुने मान्यता रहेकाले हरेक वर्ष यस अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ । यस वर्ष पनि चितवन, नवलपुर, तनहुँसहित आसपासका जिल्लाबाट हजारौँ श्रद्धालु देवघाट पुगेका छन् ।

श्रद्धालुको चापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाले तीर्थयात्रीको सहजताका लागि आवश्यक व्यवस्थापन गरेका छन् ।

मलमासको अन्तिम दिन देवघाटधाममा भक्तजनको भरिभराउ भएको छ भने धार्मिक गतिविधिले क्षेत्रको वातावरण थप भक्तिमय बनेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ४० बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक