काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल  « Khabarhub

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३-०८४ का लागि ११ क्षेत्र समेटिएको १०१ बुँदे नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९ औँ अधिवेशन बैठकमा प्रस्तुत उक्त नीति तथा कार्यक्रममा महानगरको दीर्घकालीन सोच, उद्देश्य र योजनासहित चालु आर्थिक वर्ष २०८२-०८३ मा सम्पन्न हुन बाँकी बहुवर्षीय आयोजनालाई निरन्तरता दिने विषय समेटिएको छ ।

कार्यवाहक प्रमुख डङ्गोलले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अन्तरसरकारी समन्वय र साझेदारीबाट मात्र निर्धारित लक्ष्य हासिल गर्न सकिने बताइन्।

नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, प्रविधिमा आधारित सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा, संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि तथा उपभोक्ता हितलगायतका क्षेत्र समेटिएका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : ०४ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक