गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख « Khabarhub

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिम मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् ३८.५६ प्रतिशत र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात् ६०.६८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २५ करोड अर्थात् कुल विनियोजनको ०.७६ प्रतिशत रहेको उनले बताए । चालु खर्च चालु आर्थिक वर्षको तुलनामा १ प्रतिशत कम भएको मन्त्री शेरचनले बताए ।

प्रदेश बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट समानीकरण अनुदानस्वरूप ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, ससर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानमार्फत ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान रहेको बजेटमा उल्लेख छ ।

त्यस्तै, प्रदेश सरकारले आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनपश्चात २ अर्ब मौज्दात रहने अनुमान रहेको पनि मन्त्री शेरचनले बताए । साथै, आगामी आर्थिक वर्षको लागि न्यून हुने १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत उठाइने पनि उनले बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ५ : २१ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री