कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता « Khabarhub

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहत मिलेको छ।

दुई गम्भीर प्रकृतिका अपराधसम्बन्धी अभियोगबाट जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति लामिछाने लगायतलाई राहत दिएको हो ।

रुपन्देही जिल्ला अदालतमा चलाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएसँगै रविलाई सबैभन्दा ठूलो राहत भएको छ। यसअघि त्यहीँको अदालको आदेशबाट उनी जेल पुगेका थिए ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश सोमबार दिएको हो।

रुपन्देही जिल्ला अदालतको यस आदेशसँगै रवि लगायतका आरपितहरूले सहकारी पीडितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटोसमेत अब खुलेको छ।

अदालतले रविसहित यस मुद्दामा तानिएका उनका साझेदार हाल फरार रहेका जीबी राई र जेलमा रहेका कुमार रम्तेल लगायतविरुद्धलाई पनि राहत दिएको छ। उनीहरूविरुद्ध चलेका सहकारी ठगी बाहेकका अरू अभियोग फिर्ता गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आउँदै गर्दा रविलाई एकपछि अर्को अदालतले राहत दिन थालेका छन् । यसले उनलाई पार्टीको नेतृत्वमा कायम रहँदै राज्यको उच्च तहमा पुग्ने बाटो पनि क्रमश: खोलिदिन थालेको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : २२ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक