पाकिस्तानमा सोमबारबाट नागरिक उड्ययन सेवा सुचारु हुने « Khabarhub

पाकिस्तानमा सोमबारबाट नागरिक उड्ययन सेवा सुचारु हुने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यो साता भारतसँग हवाई युद्धकै संघारमा पुगेपछि नागरिक उड्ययन सेवामा लगाएको रोक पाकिस्तानले सोमबारबाट फुकुवा गर्ने भएको छ ।

पाकिस्तानको नागरिक उड्ययन प्राधिकरणले आफ्ना विमानस्थलबाट हुने सार्वजनिक हवाई उडानमा लगाएको रोक स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजेबाट पूर्ण रुपमा फुकुवा गर्ने जनाएको हो ।

यसअघि गत शुक्रबार नै पाकिस्तानका कराँची, राजधानी इस्लामावाद, क्वेटा र पेशावर शहरका विमानस्थलमा नागरिक उड्ययनको रोक आंशिक फुकुवा गरिएको थियो भने आइतबार लाहौर शहरको अल्लामा इकबाल विमानस्थल पनि आंशिक खुला गरिएको थियो ।

पाकिस्तानको गिल्गिट बाल्टिस्तान, पन्जाब तथा सिन्ध प्रान्तका केही विमानस्थल शनिबार पनि बन्द रहेको  पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

नागरिक उड्ययनका लागि आंशिक खुला गरिएका तथा पूर्ण रुपमा बन्द रहेका सबै विमानस्थल सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

यो साता भारत र पाकिस्तानबीच हवाई युद्ध नै हुनसक्ने अवस्था आएपछि पाकिस्तानले आफ्नो आकाश तथा विमानस्थल नागरिक उड्ययन सेवाका लागि ठप्प पारेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : १५ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए