यी ४ राशिका पुरुषप्रति महिलाहरु हुन्छन् हुरुक्कै « Khabarhub

यी ४ राशिका पुरुषप्रति महिलाहरु हुन्छन् हुरुक्कै


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ज्योतिषको माध्यमबाट कुनै पनि ब्यक्तिको व्यक्तित्व, विशेषता, भविष्य, प्रेम, ब्यवसाय तथा धनलगायतका बिषयमा पत्ता लगाउन सकिन्छ ।

यी बाहेक अरु पनि धेरै प्रकारका जिज्ञाशालाई ज्योतिषशास्त्रमा खुलाइएको छ । यस मध्येको एक रोचक जिज्ञाशा हो, जीवनसाथी वा प्रेमीप्रेमीका ।

हरेक पुरुष आफ्नो महिला मित्रले आफुप्रति चासो दिन्छन् वा दिँदैनन् भन्ने जान्न चाहन्छन् । ज्योतिषशास्त्रमा यी ४ राशिका पुरुषहरुप्रति महिला आकर्षित हुने बताइएको छ ।

मिथुन राशि

महिलाका विषयमा मिथुन राशिका पुरुष लक्कि मानिन्छन् । यो राशिका पुरुषले कुनै पनि महिलाको ध्यान आफूतिर खिच्न वा आकर्षित गर्न मेहनत गर्नु पर्दैन ।

मिथुन राशिका ब्यक्तिको व्यक्तित्व नै महिलालाई आर्कषित गर्ने मामलामा काफी हुने गर्दछ ।

यस राशिका पुरुष कोमल मनका र रोमान्टिक स्वभावका हुने गर्दछन् ।

जसका कारण महिलाहरु सजिलै यो राशिका पुरुषप्रति आर्कषित हुने गर्दछन् ।

सिंह राशि

सिंह राशि भएका पुरुषको मन कोमल हुनुका साथै सफा हुने गर्दछ । यो राशिका ब्यक्ति कुनै पनि नातालाई राम्रोसँग निभाउने गर्दछन् ।

अत्यधिक रोमान्टिक स्वभावका सिंह राशिका पुरुषहरु महिलालाई जिस्क्याउने शैलीमा आर्कषित गर्न माहिर हुन्छन् ।

सिंह राशिका ब्यक्तिको उपस्थिति मात्र महिलालाई प्रभावित बनाउने अस्त्र बन्ने गर्दछ । यो राशिका ब्यक्तिमा केही लजालु स्वभाव हुने गर्दछ, जसलाई संवेदनशील महिलाले मन पराउने गर्दछन् ।

तुला राशि

तुला राशि भएका पुरुषका आँखामा एक अनौठो खूबी हुने गर्दछ । जसले सुन्दर महिलाहरु चाडैं उनीहरुतर्फ आकर्षित हुन्छन् । यो राशिका पुरुषमा अलग स्टाइल, अनेकौं रुप निभाउने क्षमता, तथा प्रेमप्रति सद्भाव हुने गर्दछ ।

यो राशिका पुरुष महिलाको कमजोरी सजिलै पत्ता लगाउन सक्छन् । जसका कारण उनीहरु महिलाको मनको कुरा बुझेर सोही अनुसार ब्यवहार गर्न सक्ने हुन्छन् । महिलाले आफूलाई बुझ्ने मानिस पाउन मरिहत्ते गर्दछन् ।

मकर राशि

लुक्सको मामलामा मकर राशिका पुरुष सबैभन्दा लक्कि मानिन्छन् । यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्ने गर्दछन् ।

मकर राशिका पुरुषहरु सुन्दर ब्यक्तित्वको साथै जो कोहीलाई प्रभावित पार्ने क्षमताको हुने गर्दछन् ।

यो राशिका पुरुषको हरेक स्वभाव, बोल्ने शैली, अरु भन्दा निकै भिन्न हुने गर्दछ । जसले महिलालाई आर्कषित गर्ने गर्दछ । साथै मकर राशिका पुरुष एक्टिभ र स्मार्ट समेत मानिन्छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : ५९ बजे

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न