टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मृत्यु हुनेमा साइकलयात्री गौरादह–४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँ रहेका छन् ।

गौरादह नगरपालिका–१ स्थित पाडाजुङ्गी–गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि गए राति डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेको प्रदेश१–०१–००१ क ११८८ नम्बरको टिपरले गुरागाईंलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमक अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न टिपर चालक गौरादह नगरपालिका–१ का उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : ४८ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६